साेलुखुम्बु नेपालको पर्यटकीय गन्तव्य स्थलमध्येको एक प्रमुख गन्तव्यको रूपमा स्थापित छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत मनोरम हिमश्रृङ्खलाहरूको प्रत्यक्ष साक्षात्कार गर्न सकिने यस जिल्लामा पुग्ने जो कोही पनि प्रकृतिका सुरम्य छटाबाट पुलकित हुन पुग्दछ । खासगरी हिउँ पर्ने माैसममा यस ठाउँमा पुग्न सक्नेको लागि त जीवनभरको अद्भूत मिठास यहाँ क्षणभरमै सँगाल्ने अवशर मिल्दछ ।

सोलुखुम्बुकाे खुम्बु क्षेत्र जान याेजनै बनाउनु पर्ने भए पनि पिके, लामाजुरा, पत्तालेलगायतका ठाउँहरूमा अत्यधिक हिमपात हुने र पर्यटकहरू समेत सहजै पुग्नसक्ने हुँदा यी यी क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । यी स्थानमध्ये सार्वजिनक यातायातकाे साधन चढेर ६/७ घन्टामै पुग्न सकिने सबैभन्दा सजिलो ठाउँ पत्ताले हाे ।

पत्ताले अासपास तथा जन्तरढापमा धेरै हिउँ बस्ने गर्दछ । यस ठाउँबाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथालगायत उत्तरतर्फ दन्ते लहर हिमालहरू र हिमश्रृङ्खलाको साक्षात्कार गर्न पाइन्छ । यहाँ पुग्ने जाे काेहीले पनि खाने बस्ने सम्बन्धमा चिन्ता लिनुपर्दैन । हाेटर तथा बास एवम् खानकाे व्यवस्था सर्वसुलभ छ । पत्तालेबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी २२/२५ किलोमिटरको दुरीमा छ । यहाँबाट हिँडेरै सदरमुकाम पुगेर बस्न सके यात्रा अझै रोमाञ्चक र अविश्मरणीय हुने नै भयो । तपाइँ पनि अाउनुस् है त सोलुखुम्बु काठमाडाैंकाे चाबहिलबाट जिप चढेर सरर…!

२०७५ माघ ९ र १० गते परेको हिउँका केही तस्वीरहरू यहाँ अपलोड गरेको छु । प्रकृति हेरेर तपाइँ पक्कै पुलकित हुनुहुनेछ । धन्यवाद !


















