सरकारले आर्थिक वर्ष २०८३/८४ को २१ खर्ब २४ अर्ब हाराहारीको बजेट कार्यान्वयन गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोडबराबरको बजेट संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेका हुन् । आगामी वर्षको बजेट कार्यान्वयनबाट ७ प्रतिशत आर्थिक वृद्धि गर्ने र मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य रहेको छ । बजेटमा कुल विनियोजनमध्ये तालुतर्फ रू. १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत, पुँजीगततर्फ रू. ४३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू. ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९.९ प्रतिशत रहेको छ ।
यो खर्च चालु वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशत रहेको छ ।
बजेट अनुमानमा खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रू. १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रू. ६१ अर्ब ७४ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ । त्यसपछि अपुग हुुने ६ अर्ब ५७ अर्ब २९ करोडमध्ये वैदेशिक ऋणबाट रू. २ खर्ब ४७ अर्ब २८ करोड र बाँकी आन्तरिक ऋणबाट परिचालन हुनेछ ।
आगामी वर्ष प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ७५ अर्ब र वित्तीय हस्तान्तरण समेत गरी ६०० अर्बभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण रहेको छ ।

बजेटको पूर्ण पाठ यसप्रकार रहेको छः